भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

एमालेको आन्तरिक एकताबारे छलफल

एमालेको आन्तरिक एकताबारे छलफल

काठमाडौँ । नेकपा एमालेको आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गर्नुभएको थियो ।

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आउनुभएको उहाँका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाको विघठन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ । अध्यक्ष केपी शर्मा ओली लचिलो नभएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने जनाए पनि सो पक्षकै कतिपय नेताहरु विभाजनको विपक्षमा उभिनुभएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.