भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

भक्तपुर । ( नेकपा एमाले )का अध्यक्ष केपी शर्मा ओली, नेकपा ( माओेवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ । सो छलफलमा राष्ट्रिय जनता पार्टी ( राजपा )का नेता अशोक राई पनि सहभागी हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गर्नुभएको एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो ।भेटवार्तामा एमाले, माओेवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहनुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.