भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

कक्षा ११ र १२ मासिक शुल्क छुट गर्ने विषयमा प्रधानाध्यापकहरुसँग छलफल

कक्षा ११ र १२ मासिक शुल्क छुट गर्ने विषयमा प्रधानाध्यापकहरुसँग छलफल

भक्तपुर । नगर क्षेत्रभित्रका कक्षा ११ र १२ सञ्चालन भएका सामुदायिक एवम् संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक शुक्रबार सम्पन्न भएको छ ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकमा कक्षा ११ र १२ का विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन र कोभिडका कारण ती कक्षाहरुलाई मासिक शुल्क छुट गर्ने सम्बन्धि छलफल भएको हो ।

नगरभित्र सञ्चालित विद्यालयहरुमा ८, ९ र १० का कक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा अपनाई भौतिक उपस्थितिमा आलोपालो गरी कक्षाहरु परीक्षणको रुपमा सुरु गरिसकेको र आगामी दिनमा ११ र १२ कक्षा भौतिक उपस्थितिमा सुरु गर्न सम्बन्धित सरोकारवालाहरुसँग छलफल तथा परामर्शमा जुटिरहेको नगर प्रमुख प्रजापतिले बताए ।

बैठकमा प्रधानाध्यापकहरुले कम विद्यार्थी संख्या भएका विद्यालयहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिए भने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नगरपालिकाले निर्णय गरेअनुसार मासिक शुल्कमा छुट दिन तयार रहेको बताए । प्रयोगात्मक कक्षाहरु सुचारु गर्नको निम्ति भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता भएको भन्दै अनलाइन मार्फत कक्षाहरु सञ्चालनमा जोड दिइरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.