भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ ।

यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको हो । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी पर्नुभएको छैन । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ । नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ ।

हाल युनाइटेड अरब इमिरेट्स ९युएई० मा टी १० लिग खेलिरहनुभएका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानु हुनेछ । नयाँ प्रशिक्षकका रुपमा अस्टे«लियाका डेभ ह्वाटमोर आउनुभएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.