भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

कपनबाट सालकको खपेटासहित दुई पक्राउ

कपनबाट सालकको खपेटासहित दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले काठमाडौँ महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट एक किलोग्राम ८०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपेटासहित धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्कका ३० वर्षीय कुलबहादुर तामाङ र २० वर्षीय जयराम तामाङलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुलाई आखेटोपहार झोलामा बोकेर हिँडेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता पन्तले बताउनुभयो । पक्राउपछि दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको ब्यूरोले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.