भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

कम हुँदै सङ्क्रमण

कम हुँदै सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ५९ हजार २२२ पुगेको छ ।

त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८२ हजार ९७१ रहेको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार ७१२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३२ हजार ७४४ जना होम आइसोलेशन, तीन हजार ५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ६२५ जना आइसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७९६ जना छन् ।

चौबीस जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७१४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.