सुर्खेत । ह्वात्तै बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ। जनजीवन कष्टकर मात्रै भएन स्थानीयलाई घरबाहिरको काम गर्नसमेत सहज भएको छैन। बिहीबार कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला र डोल्पालगायतका उच्च भूभागमा भारी हिमपात भएको छ।
कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा वर्षासँगै चिसो बढेको छ। हुम्लाका स्थानीयवासीलाई घर बाहिर निस्कन कठिन भएको छ। चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जनाएकी छन्।
तापक्रम माइनस २.६ डिग्री सेल्सियसमा झरेको छ । मौसमी पूर्वसूचना दिन सुर्खेतको रातानाङ्लामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडरका अनुसार शनिबारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र बेंसीमा वर्षाको सम्भावना छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३...
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...