भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कर्णालीमा हिमपातले जनजीवन कष्टकर

कर्णालीमा हिमपातले जनजीवन कष्टकर

सुर्खेत । ह्वात्तै बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ। जनजीवन कष्टकर मात्रै भएन स्थानीयलाई घरबाहिरको काम गर्नसमेत सहज भएको छैन। बिहीबार कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला र डोल्पालगायतका उच्च भूभागमा भारी हिमपात भएको छ।

कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा वर्षासँगै चिसो बढेको छ। हुम्लाका स्थानीयवासीलाई घर बाहिर निस्कन कठिन भएको छ। चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जनाएकी छन्।

तापक्रम माइनस २.६ डिग्री सेल्सियसमा झरेको छ । मौसमी पूर्वसूचना दिन सुर्खेतको रातानाङ्लामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडरका अनुसार शनिबारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र बेंसीमा वर्षाको सम्भावना छ।

 


Thali Mobile Pvt.Ltd.