भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापानको अध्यक्षमा बीरेन्द्र शाही निर्वाचित

कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापानको अध्यक्षमा बीरेन्द्र शाही निर्वाचित

टोकियो । कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापानको अध्यक्षमा दैलेखका बीरेन्द्र शाही निर्वाचित भएका छन् । कर्णाली प्रदेशको विकासमा योगदान पुर्याउने उदेश्यले गठन गरिएकाे समाज जापानका केन्द्रीय अध्यक्ष कृष्ण शाहीले बताए । जापानको राजधानी टोकियोस्थित कान्तो क्षेत्रमा रहेका युवाहरुको भेलाले मगंलबार बीरेन्द्र शाहीको अध्यक्षतामा कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन गरेको हाे ।Karnali samaj japan

टोकियोको अध्यक्षमा दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं ८ तिलेपाटका निवासी बीरेन्द्र शाही निर्वाचित भएको समाजका केन्द्रीय अध्यक्ष कृष्ण शाहीले कैलाश खबरलाई जानकारी दिए । अध्यक्ष शाहीले जापानमा रहेका कर्णालीबासी र समग्र नेपालीको हक हितका लागि काम गर्ने बताएका छन् ।

उनले हरेक हिसाबमा पीछडिएकाे कर्णाली प्रदेशको विकासका लागि आफ्ना पाइला सदा चलिरहने भन्दै जापानमा नेपालको कला संस्कृति आदान प्रदान गर्न कर्णाली प्रदेश समाज टोकियोले पुलको रुपमा काम गर्ने बताए ।jeevan Shahi

बीरेन्द्र शाहीकाे अध्यक्षतामा १५ सदस्यीय समाजमा गठन भएकाे हाे । जसकाे बरिष्ठ उपाध्यक्षमा युवराज धमला, विन्दु शाही, महासचिवमा जीवन  शाही, सचिवमा सृजन रोकाया, कोषाध्यक्षमा दिपेस गिरी(दिप), सह–कोषाध्यक्षमा रमेश सिमखडा निर्वाचित भएका छन्  । त्यस्तै सदस्यहरुमा भरत विष्ट, कमल कठायत, दुर्गराज न्यौपाने, सहदेव न्यौपाने, भरत पस्ताव,टोपी ओली, साह कु शाही, हरिसिङ बुढा, चन्दिका न्यौपाने र बिनु हमाल चयन भएका छन् ।

कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापानको निर्वाचित टिमलाइ  विभिन्न संघ सस्थाले धन्यवाद दिएका छन् । कर्णाली प्रदेशका विकट गाउँ बस्तीबाट रोजगारी तथा अध्ययनकाे शिलशिलामा जापान पुगेका युवाहरूले कर्णाली प्रदेशको समग्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.