भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्नातक/स्नातकोत्तर तहको परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

स्नातक/स्नातकोत्तर तहको परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

भक्तपुर । पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले मिति २०७७ असोज १५ गतेदेखि सञ्चालन हुने वैकल्पिक विधिबाट हुने स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मंगलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ को कारण बन्द शिक्षण संस्था खुल्ने अवस्था नरहेको हुँदा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले अनलाइन कक्षा नियमित रुपमा सञ्चालन गरिरहेको र विद्यार्थीहरूले घरबाटै शिक्षा हासिल गरिरहेको बताए ।

अनलाइन परीक्षाको समयमा हुने प्राविधिक समस्याको वैकल्पिक उपाय अवलम्बन गर्दै परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिदै उनले विद्यार्थीहरुको शैक्षिक विकासको निम्ति कलेज प्रशासन, व्यवस्थापन समिति र शिक्षक–कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्ने बताए । संक्रमणको विषम् परिस्थितिमा कलेजमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नेपाल सरकारको मापदण्डअनुसार नगरबासी संक्रमितहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाले व्यवस्थित र सुविधायुक्त आइसोलेसन केन्द्रको स्थापना गरेको बताए ।

कार्यक्रमम भक्तपुर नपाका उपप्रमुख एवम् भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमार्फत नगरका क्षेत्रका र देशभरिका विद्यार्थीहरूको लागि प्रविधिमैत्री शिक्षा प्रदान गर्न अनुसन्धानात्मक शिक्षामा जोड दिंदै आइरहेको बताईन् । कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रबिन्द्र फोँजुलगायतले धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.