भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसका शुभेच्छुक संस्थाहरूको विरोध प्रदर्शन

कांग्रेसका शुभेच्छुक संस्थाहरूको विरोध प्रदर्शन

सिमकोट । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले आज यहाँ मौन विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन सङ्घ, नेपाल प्रेस युनियन, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, वित्तिय संस्था, स्कुल अफ डेमोक्रेसीलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा मौन प्रदर्शन गरिएको थियो ।

पुरानो पार्टी कार्यालय काली चोकबाट निस्केको ¥याली बालमन्दिर चोक, काठेचुली, धुपी रुख, खेल मैदान, रानी वन, सनभ्याली एयरपोर्ट चोक हुँदै पुनः कालीन चोकमा आएर समापन भएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहातजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

समापन अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष राजन रावतले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.