भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा

कांग्रेस जिल्ला सभापतिको भेला काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला काठमाडौंमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजे बस्ने बैठकमा पार्टी सदस्यता मुख्य एजेण्डा बनाइएको छ । जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएको पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बताए ।

भोलिसम्म सञ्चालन हुने बैठकमा पार्टी सञ्चालन विधिबारे पनि छलफल हुने बताइएको छ । सभापतिहरूले क्रियाशील सदस्यको अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल हुने भएको हो ।

बैठकमा बोलाउनुअघि जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको बिषय, विधान बमोजिम गर्नु पर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी संचालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.