भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

कांग्रेस मतगणनामा अब १५ सय मत गन्न बाँकी

कांग्रेस मतगणनामा अब १५ सय मत गन्न बाँकी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । हालसम्म ३२८२ मत गणना भएको छ भने देउवाले १५०० मत पाएर अग्रता कायम गरेका छन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले ११९७, प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१० मत पाउँदा कल्याण गुरुङले भने १७ मत पाएका छन् । सभापतिमा निर्वाचित हुन कांग्रेसको विधानअनुसार खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ महाधिवेशन प्रतिनिधिले मत खसालेका थिए ।

अब उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुने नेपाली काँग्रेसले जनाएको छ । निर्वाचन समितिका अनुसार अब करिब १५ सय मत गन्न बाँकी छ ।

अहिले सम्म यस्तो छ परिणाम
शेरबहादुर देउवा – १५५६
डा। शेखर कोइराला – ११९७
प्रकाशमान सिहं – २५७
विमलेन्द्र निधि – २०१
कल्याण गुरुङ – १७

 


Thali Mobile Pvt.Ltd.