भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कांग्रेस सिरहा सभापतिमा रामचन्द्रको उम्मेदवारी

कांग्रेस सिरहा सभापतिमा रामचन्द्रको उम्मेदवारी

सिरहा । नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर कांग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले प्यानल नै विजयी हुने दावी गरेका छन् ।

पार्टीको सिद्धान्त र कार्यक्रम पार्टीका कार्यकर्ता र सर्वसाधारण जनतामा बुझाउन आफू सभापतिमा उम्मेदवारी दिएको यादवले बताए । कार्यकर्ताको उच्च मनोबल बनाएर सिराहा जिल्लामा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन लागिपर्ने यादवले बताए ।

 


Thali Mobile Pvt.Ltd.