भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

काठमाण्डौको कीर्तिपुरमा सातगाउँले जात्रा मनाइँदै

काठमाण्डौको कीर्तिपुरमा सातगाउँले जात्रा मनाइँदै

काठमाण्डौ । आज सातगाउँले जात्रा काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा मनाइँदैछ । जात्राका लागि सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा भैरव साधना गरी भित्र्याएका छन् । हिजो कीर्तिपुर दरबार क्षेत्रमा रहेको इन्द्रायणी मन्दिर, नगाउँको बालकुमारी, पांगाउँको विष्णुदेवी मन्दिरलगायत सातगाउँका गुठियारहरूले पूजाआजा गरी मन्दिरबाट देवता बाहिर ल्याएका हुन ।

विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै सुरु भएको हो । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।

सात गाउँले जात्राको लागि कस्तो व्यवस्थापन गरिएको छ भनेर हामीले विष्णुदेवी मन्दिर रहेको चन्द्रागिरि नगरपालिका वडा नं। १५ का वडाध्यक्ष उत्तम रावतलाई सोधेका छौँ । जात्राका लागि कलात्मक झ्याल–ढोका भएका मन्दिर, चैत्य, ढुङ्गेधारा, टोल चोक सिङ्गारपटार गरी चिटिक्क बनाइएको छ । जात्राको अवसरमा कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका ९, १०, ११ र १५ नम्बर वडामा आज स्थानीय बिदा दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.