काठमाण्डौ । काठमाण्डौ उपत्यकामा वर्षको सम्भावना कायमै रहेको छ । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा सोमबारबाटै ठूलो वर्षा भइरहेको थियो । पानी पर्न रोकिए पनि बेलुकी पख भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको बिहार आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको असरले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्ष भइरहेको जनाइएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्न थालेको महाशाखाले जनाएको छ ।

