काठमाडौं । विभिन्न भ्रम फैलाएर मान्छेलाई तर्साउने देखि सावधान रहन आग्रह गर्दै कोरोना भाइरसको उपचारमा संलग्न डा. रमेश आचार्यले भाइरसबाट नडराउन आग्रह गरेका छन् ।
चीनकाे बुहानबाट फर्केर १६ दिन खरिपाटी क्वारेन्टाइनमा बिताएर वाहिर निस्किएका डाक्टर रमेश आचार्यले सतर्कता अपनाउन अाग्रह गरेका छन् । उनले ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको बताए ।
मिडियामा आए जस्तो डरलाग्दो कोरोना नभएको बताए । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान प्रान्तको थोंजी होस्पीटलमा काम गरेका उनले खरिपाटी क्वारेनटाइनको अनुभव सुनाए ।
१६ दिन पछि बाहिर आएका उनले चीनबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए । थोंचीमा मास्क नलगाएर विरामीको उपचार गर्ने आफु नेपाल फर्किदा सुनेको भ्रम अफवाह भएको दावी गरे ।
चिनियाँ जस्तै सजक र सचेत रहनु पर्ने भन्दै तुरुन्तै लकडाउन गरेर सि जिङ पीङको सक्रियतामा चिकित्सक र वैज्ञानीकले चीनमा गरेको उपचार सफल्ताबाट नेपालले शिक्षा लिनु पर्ने बताए । चीन जस्तो विकसित देशले ४० दिन मै कोरोनालाई नियन्त्रणमा लिएको बताए ।
चीन जस्तो सुविधा सम्पन देश नेपाल नभए पनि लापरवाही गर्न नहुने बताए । भ्रमको पछि लागेर गलत कुरा प्रचार नगर्न आग्रह गर्दै रोग लाग्नै नदिन भिडभाड, विवाह पार्टी, भेलामा नजान आग्रह गरे ।
मास्ककाे अनिवार्य प्रयोग हुनुपर्ने बताए । मिडियाले सहि सूचना दिनु पर्ने भन्दै दम, उच्च रक्तचाप, रोग प्रतिरोधात्मक शक्ति कम भएका मानिसलाई यसले बढि आक्रमण गर्ने भएकाले पार्टी, भेला, मठ मन्दिरमा नजान आग्रह गरे ।
युटुवरहरुले भ्रम सिर्जना गरिरहेको भन्दै बुहानको अनुभवले धेरै कुरा सिकाएको बताए । नेपाल सरकारले सवै किसिमको सतर्कता अपनाउनु पर्ने भन्दै उनले विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डलाई पालना गर्नु पर्ने बताए ।
चिनिया पत्रकारले अहोरात सकारात्मक भएर तथ्यपूर्ण तरिकाले खेलेको भूमिका प्रति नेपाली मिडियाकर्मीले अनुसरण गर्नु पर्ने बताए । सकारात्मक भूमिका खेलेर रिर्पोटिङ्ग गर्न आग्रह गर्दै नेपाली पत्रकारले सहि सुचना फैलाउन आग्रह गरे ।
चीन बारे मिडियाले धेरै हावा फैलाई रहेको प्रति खबरदारी गर्दै पश्चिमा मिडियाले चीनबारे भ्रम फैलाएको बताए । चिनिया प्रविधि र चिनिया उपचार पद्धतिबाट विश्वले सिक्नु पर्ने बताए ।
भिडियो…
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...
काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त चयन हुनुभएको...
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...
काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू...