भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कार्यदलमा रहेका नेपालनिकट सांसदले मत नदिने

कार्यदलमा रहेका नेपालनिकट सांसदले मत नदिने

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने तयारी गरे पनि पार्टीको विवाद समाधान कार्यदलमा रहेका नेता र अन्य केही नेपालनिकट मानिने सांसद तटस्थ बस्ने भएका छन् ।प्रधानमन्त्री देउवाले राख्नुभएको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा छलफल चलिरहेका बेला कार्यदलमा रहेका एमालेका उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बैठकबाट बाहिरिनुभएको छ ।

उहाँहरूसँगै निस्कनुभएका सांसद झपट रावलले जनता समाजवादी पार्टीका सबै सांसदले देउवालाई समर्थन गरेकाले आफूहरू मतदानमा भाग नलिने बताउनुभयो ।सोही समूहका सांसद निरादेवी जैरुले भने कार्यदलमा रहेका नेताहरू मात्रै तटस्थ रहने र अन्यले मत दिने जनाउनुभयो । एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले यही घटनामा सांसदबाट राजीनामा दिनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सहमतिमा गत जेठ २ गते गठित कार्यदलले गत असार २७ गते विवाद समाधानका लागि १० बुँदे सहमति भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.