भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कालो सागर बन्द भएपछि वैकल्पिक बाटोको खोजी

कालो सागर बन्द भएपछि वैकल्पिक बाटोको खोजी

काठमाडौं । रसिया र युक्रेन बीच जारी युद्धका रारण कालो सागरको बाटो बन्द भएको छ । युद्धका कारण कालो सागर बन्द भएपछि उक्त सागर भएर हुने ढुवानी बन्द भएको छ । कालो सागरको बाटो बन्द भएपछि भारतको वार्षिक साढे ४ अर्ब डलरको वस्तु निर्यात धरापमा परेको जनाइएको छ । अहिले विभिन्न देशहरुले विकल्पको खोजी गरिरहेका छन् । यसको पहिलो विकल्प इरानको चाबहार बन्दरगाह, दोस्रो विकल्प चीनको छिङताओ बन्दरगाह र तेस्रो अन्तरराष्ट्रिय उत्तर दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) रहेको छ ।

निर्यातकर्ताहरुले ती विकल्पहरु मध्ये हालका लागि आईएनएसटीसी मार्ग उपयुक्त रहेको बताएका छन् । चीनको बाटो भएर पनि मालवस्तु पठाउन सकिने सम्भाव्यताको खोजीमा निर्यातकर्ताहरु छन् । कोरोना भाइरसको महामारी शुरु भएयता सन् २०२० देखि नै विश्वभर सामान ढुवानीको भाढा तीव्र दरमा बढ्न थालेको थियो । सन् २०२१ को सेप्टेम्बरको अन्त्यतिर प्रति ४० फिटको कन्टेनरको १० हजार ३७७ डलर बढेर उच्च विन्दुमा पुगेको थियो पछि घटेर गएको फेबु्रअरी १२ मा ९ हजार ५१ डलरमा आएको थियो भने पुनः मार्च १० मा बढेर ९ हजार १८० डलर मा पुगेको तथ्यांक रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.