काठमाडौं – चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेमा रहेका नेपालीहरूलाई स्वेदश फिर्ताका लागि तयारी अवस्थामा रहन अपिल गरेको छ । कोरोनाको महामारी फैलिएको वुहानबाट शनिवार नेपाल एयरलाईन्सको जहाजले करिव २ सय जना नेपालीलाई ल्याउने निश्चित भएपछि दूतावासले यस्तो अपिल गरेको हो । त्यहाँ रहेका सम्पर्णनेपालीहरुलाई वीच्याटमार्फत सन्देश पठाएको दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले जानकारी दिनुभयो ।
हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्न आवश्यक सवारीसाधन लगायतको व्यवस्थापन भइरहेको ।
प्रमुख सुशील लम्सालले जानकारी दिनुभयो । नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ पठाउने तय भइसकेको छ । यता चिनियाँ नागरिक उड्डययन निकायबाट अझै उडान अनुमति आइनसकको चीनस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपी अरु दुई दिन भित्र अनुमति आइसक्ने दूतावासको विश्वास रहेको छ । स्वदेश फर्किने नेपालीहरुले भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारन्टीनस्थलमा कम्तिमा १५ दिन बिताउनुपर्नेछ । क्वारन्टीनस्थलमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्यउपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ भने आफन्तसँग भेटघाट गर्न दिइने छैन। स्वास्थ्य मन्त्रालयले क्वारन्टीनस्थलमा लगभग ६० कोठामा उचित दुरीको फरकमा सामूहिक बसोबासको व्यवस्था गरेको छ । लगभग ६ जनाले एउटा शौचालय प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...