भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

किसानले गरे सम्झौता

किसानले गरे सम्झौता

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी कार्यालयसँग सम्झौता गरेका छन् ।कार्यालयले किसानको उत्पादन लागतमा कमी गराइ उत्पादनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको हो । हाते ट्र्याक्टर ६२, कुटानीपिसानी २८, ग्रास कटर चार, पावर ट्रिलर तीन, मकै छोडाउने मेसिन दुई, खाडल खन्ने यन्त्र दुईलगायतका सामग्री किसानलाई अनुदानमा प्रदान गरिएको हो ।

सुरुमा किसानसँग निवेदन माग गरी कार्यालयबाट स्थलगत अनुगमन गरेपश्चात् अनुदान मूल्याङकन तथा सिफारिस समितिको संयोजकत्वको बैठकबाठ सदर भएपछि किसानलाई सामग्री खरिद गर्न अनुमति प्रदान गरिनेछ ।सुरुमा किसानले आफ्नो पूरै लगानीमा सामान खरिद गरेर ल्याएपछि कार्यालयले ५० प्रतिशत रकम किसानको खातामा पठाइदिने व्यवस्था रहेको छ । बाँकी रहेका अन्य किसानले पनि सामान खरिद प्रक्रियामा रही सम्झौता गर्न आउने तयारीमा रहेको कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो ।

कृषियन्त्र तथा उपकरण कार्यक्रमको लागि रु ५६ लाख बजेट विनियोजन भएकोमा पहिलो चरणाको लागि रु ३८ लाख खर्च भई रु १८ लाख बचत भएकाले पुन ः दोस्रो चरणको १५ दिने सूचना प्रकाशित गरिएको उहाँले बताउनुभयो । दोस्रो चरणको कार्यक्रममा जोत्ने मेसिनलाई प्राथामिकतामा राखिएको छ । उहाँले भन्नुभयो,“उक्त बजेटले धानेसम्म किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइनेछ ।”किसानलाई अनुदानमा कृषियन्त्र तथा उपकरण कार्यक्रम अन्तर्गत कृषि सामग्री प्रदान गर्न थालेपछि व्यावसायिक तरकारी तथा फलफूलखेती तर्फ मानिसको आकर्षण बढ्न थालेको छ ।

जोत्ने मेसिन दिएपछि बाँझो जग्गा प्रयोगमा ल्याउने र उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्न सहज हुन्छ भन्ने उद्देश्यले मेसिन प्रदान गरिएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । जमिन जोत्न प्रयोग गरिने गोरु विस्थापित हुँदै गएको र पाइहाले पनि महँगो शुल्क अनि थोरै जग्गा जोत्ने हुँदा पछिल्लो समय हाते ट्र्याक्टर प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.