दोहा । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।
कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । उच्च रक्तचाप देखिएपछि अस्पताल पुगेका उनको शुक्रबार मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।
७ वर्षदेखि कुवेतमा कार्यरत उनी हाल कुन कम्पनीमा के काम गर्थे भन्ने केही खुलेको छैन । शव उनको परिवारसँग समन्वय गरेपछि मात्र नेपाल पठाइने दूतावासले जानकारी दिएको छ ।
