भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो

हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भएर त्यही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेलको मृत्यु भएको हो ।

आज बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । हात्तीले त्यस ठाउँका तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.