भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केन्द्रमा पर्यटन राख्दै पोखराको नीति तथा कार्यक्रम आज

केन्द्रमा पर्यटन राख्दै पोखराको नीति तथा कार्यक्रम आज

पोखरा । पर्यटनलाई केन्द्रमा राखेर पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९, ०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएपछि आउन लागेको नीति तथा कार्यक्रम पोखरा सभागृहमा मेयर धनराज आचार्यले आज प्रस्तुत गर्न लागिएको बताए ।

घोषणापत्रलाई नै आधार बनाएर पर्यटन, कृषि, स्वाथ्य र पूर्वाधार प्राथमिकतामा राखिने मेयर आचार्यले बताए । विद्यमान ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आउने उनको भनाइ छ ।

महानगरपालिकाले पोखरा लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक राखेर गएराति १ बजे नीति तथा कार्यक्रम पारित गरेको छ । पोखरालाई व्यवस्थित बनाउनेतिर पनि नीति तथा कार्यक्रम केन्द्रित हुने आचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.