भर्खरै : Sorry, your browser does not support inline SVG.

केन्याको नैरोबीमा फोहोरको थुप्रोमा आठ जना महिला मृत भेटिए

केन्याको नैरोबीमा फोहोरको थुप्रोमा आठ जना महिला मृत भेटिए

कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् । प्रहरीका अनुसार लगातार दुई दिन शव फेला परेको थियो । यस घटनाबारे अहिलेसम्म कुनै पनि तथ्य नभेटिएकाले पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्ने प्रहरी प्रमुख डगलस कान्जाले प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले अनुसन्धानमा जनसहयोगका लागि आह्वान पनि गर्नुभएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । केन्यामा गएको महिना सरकार विरोधी प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिनुभएको थियो । कान्जाले यसै हप्ता मात्र पदभार ग्रहण गर्नुभएको हो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.