तनहुँ । भेरियन्ट भाइरसको जोखिम बढेपछि तनहुँ कारागारले कैदीबन्दी भेटघाट बन्द गरिएको छ ।
कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो । जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरूपमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।
कारागारमा हाल दुई सय ६६ कैदीबन्दी रररहेको उनको भनाइ छ ।
