भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोभिड कोषमा ५० लाख सहयोग

कोभिड कोषमा ५० लाख सहयोग

दमौली । सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रु ५० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो ।सूर्य नेपालले शुक्लागण्डकीलाई रु ३० लाख र म्याग्दे गाउँपालिकालाई रु २० लाख सहयोग गरेको जनाएको छ । सूर्य नेपाल प्रालि तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले सम्बन्धित पालिकाका प्रमुख र अध्यक्षलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा कार्कीले कम्पनीले यस क्षेत्रमा गरेका विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो । कम्पनीका मानव संशाधन प्रमुख अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको बताउनुभयो ।शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले सूर्य नेपाल प्रालिले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा रु १० लाख तथा सातवटै प्रदेशमा रु एक÷एक करोड प्रदान गरेको थियो । सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।कम्पनीले गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक÷एक थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारका लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयवासीलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

हराएको चार दिनपछि शव फेला

हराएको चार दिनपछि एक युवाको शव मादी नदीमा फेला परेको छ । गत असार २९ गतेदेखि हराएका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङ नदीमा मृत अवस्थामा फेला परेका हुन् ।निजको शव व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा भेटिएको थियो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आइतबार सनाखत गरेर परिवारलाई बुझाइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.