२१ जेठ २०७७ दैलेख । कोरोना संक्रमणका कारणबाट मृत्यु भएका एक पुरुषको परिवारका अन्य सदस्यहरूको अहिलेसम्म कोरोना परीक्षण गरिएको छैन । जेठ १७ गते दैलेखको दुल्लु नगरपालिकास्थित पटाङ्गीनी क्वारेन्टाइनमा रहेका वडा नम्बर ११ का एक पुरुषको मृत्यु भएको थियो ।
भारतबाट घर फर्केका उनी क्वारेन्टाइनमा बसेको ८ दिन पछि मृत्यु भएको थियो। क्वारेन्टाइनबाट उनले परिवारका सदस्यसंग भेटघाट गरेका थिए। मृतकका परिवारमा श्रीमती, एक छोरा, एक छोरी र बुबाआमा गरी ६ सदस्य रहेका छन् ।
उनको मृत्यु भएपश्चात परिवारका सदस्यले कोरोनाको परीक्षण गरिदिन माग गरे पनि अहिलेसम्म उनीहरूको स्वाब संकलन नभएको वडाअध्यक्ष खगेन्द्र थापाले बताए। मृतकका परिवारले कोरोनाको जाँच गरिदिन माग गरे पनि अहिलेसम्म कुनै परीक्षण हुन सकेको उनले बताए ।
पछिल्लो समय कोरोना महामारीले दैलेखमा अग्रता लिएपनि सम्बन्धित निकायले चाँसो नदिएको स्थानीयले गुनासो गरेका छन् । दैलेखका साँसदहरुले प्रदेश सभामा कुरा उठाइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...
हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा...