रुकुम । कोरोना भाइरस सम्बन्धि एक दिने जनचेतनामूलक कार्यक्रम मुसिकोट ९ मा सम्पन्न भएको छ ।
माहामारिको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका छलफल भएको हो । उपचारको व्यवस्थासंगै यसबाट जोगिन व्यक्तिगतरुपमा ध्यान दिनु पर्ने कुराहरुका विषयमा सचेत गराइएको छलफलको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिए ।
अध्यक्ष ओलीको अध्यक्षतामा सप्पन्न सो जनचेतनामूलक छलफल कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, स्वयमसेबिका, विद्यालयका प्र. अ., नेपाल प्रहरीको सहभागिता रहेको थियो ।
वडा सचिव टेक बहादुर रोकाय र स्वास्थ्य चौकी चौखावाङ्गका इन्चार्ज डिल्लीराम बोहराले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए । वडा कार्यालयमा हेल्प डेक्स स्थापना गरेर कोरोना भाइरसबाट बच्न प्रचार प्रसारलाई समेत अगाडि बढाईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...
नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको...
काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम...