भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

कोलम्बियाकाे नयाँ राष्ट्रपतिमा पूर्व छापामार नेता गुस्ताभो पेट्रो निर्वाचित

कोलम्बियाकाे नयाँ राष्ट्रपतिमा पूर्व छापामार नेता गुस्ताभो पेट्रो  निर्वाचित

एजेन्सी । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा झिनो मतान्तरले पराजित गर्दै काेलम्बियाकाे राष्ट्रपतिमा वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रो निर्वाचित भएका छन् । उनी आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएकाे राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले जानकारी दिएको हो ।

नवनिर्वाचित राष्ट्रपति पेट्राेले ११,२८०,६९४ मत प्राप्त गरेका छन् । पेट्रो कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार  हुन् । उनले कूल खसेको मतको ५०.४४ प्रतिशत प्राप्त गरेका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी हर्नान्डेजले १०,५७९,८०३ अर्थात् ४७.३१ प्रतिशत मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपतिले ट्विटरमा भनेका छन्– यो ‘उत्सव’ को दिन हो । ‘पहिलो लोकप्रिय विजयको उत्सव मनाऔँ’ पेट्रोले लेखेका छन् । ‘यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो ।’ ६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन् । उनी कुनै समय एम १९ नामक छापामार लडाकु समूहको नेता समेत रहेको टाइम्स म्यागजिनको अनलाइन संस्करणले जनाएको छ । उनले अगस्ट ७ का दिन राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो भने रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.