भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक : चिनियाँ विदेश मन्त्रालय

क्यानाडाले तथ्यलाई लुकाउन खोजेपनि मेङ वाङ झाउको मुद्दा राजनीतिक : चिनियाँ विदेश मन्त्रालय

काठमाडौं । प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहो¥याएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई लिएर पश्चाताप भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आँफूले देशको नियम र कानूनको पालना गरेकोमा पश्चाताप नहुने बताउनुभएपछि चीनको प्रतिक्रिया आएको हो ।

ट्रुडोले एसिया प्यासिफिक आर्थिक सहकार्य ९एपेक० को प्रमुख कार्यकारी अधिकृतसँगको वार्तामा भनेको कुरालाई लिएर चीनको प्रतिक्रिया आएको हो । ट्रुडोले भन्नुभएको थियो, “के म क्यानाडाले आफ्नो कानुनलाई पालना गर्दा पछुतो मानौँ । क्यानाडाले आफ्नो निकट सहयोगीसँगको लामो समयदेखि पालना गर्दै आएको सुपुर्दगी सन्धिको पालना गर्दा पश्चाताप गरौँ रु पक्कै पनि हुँदैन ।” झाओले प्रतिक्रिया दिनुभयो, “किन क्यानाडा मात्रैै एउटा यस्तो मुलुक भएको छ जसले सुपुर्दगी सन्धिलाई पालना गर्नुपर्ने रु किन अमेरिकाका सहयोगी अन्य मुलुकले यो जिम्मेवारीलाई मान्दैनन् ।”

किनकि उनीहरू अमेरिकाको भद्दा हस्तक्षेपमा सहमत छैनन् । उनीहरूले अमेरिकाको निजी स्वार्थ र सन्तुष्टिका लागि आफ्ना नागरिकको विपरितमा केही काम गर्दैनन् ।  मेङ वाङ झाउको मुद्दामा चीनको अडान निरन्तर स्पष्ट तथा एउटै रहेको झाओले बताउनुभयो । क्यानाडाले तथ्यलाई तोडमोड गरेको र वास्तविकतालाई लुकाएर क्यानाडेली नागरिकलाई नै गलत बाटोमा लान खोजेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ ।

हामीलाई थाहा छ, क्यानाडाका स्पष्ट तथा दूरदर्शी राजनीतिज्ञ, कानुनविद्, न्यायाधीश र पूर्व कुटनीतिज्ञहरूले खुला रूपले क्यानाडेली सरकारलाई मेङ वाङ झाउको मुद्दाबारे स्वतन्त्र निर्णय लिन माग गरिरहेका छन् । यसलाई क्यानाडेली नेतृत्वले बुझ्न जरुरी छ ।रासस

 


Thali Mobile Pvt.Ltd.