भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न प्रदेश प्रमुख परियारको आग्रह

खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न प्रदेश प्रमुख परियारको आग्रह

कर्णाली, । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिनुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रको आधुनिक पुनःसंरचनाले उत्कृष्ट खेलाडी उत्पादन र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सफल खेलाडी आफैँमा अनुशासित, नैतिकवान्, सुसंस्कृत एवं स्वस्थ हुन्छ”, उहाँले भन्नुभयो, “अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।”

मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको जनाउँदै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सरकारले समग्र खेलकुदका निम्ति प्रदेशकै गौरवको आयोजना प्रदेश रङ्गशालाको निर्माण प्रारम्भ गरिसकेको बताउनुभयो । खेलकुद विकासका निम्ति आफ्नो क्षेत्रबाट निरन्तर पहल गर्ने बताउनुभएका उहाँले ‘प्रथम वार्षिकोत्सव’ समारोहबाट तमु गुरुङ समुदायको ल्होसार पर्वको उपलक्ष्यमा गुरुङ समुदायसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले खेल क्षेत्रको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा १० हजार दर्शक अट्ने रङ्गशाला निर्माणको कार्य थालेको बताउनुभयो । प्रमुख सचिव श्रेष्ठले भारतको मुम्बइमा भएको पावर लिफ्टिङ खेलमा पदक हासिल गर्ने कर्णालीका खेलाडीलाई रु दुई लाख पुरस्कार दिने कर्णाली मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्णय गरेको बताउँदै खेलाडी प्रोत्साहन हुनेगरी आगामी बजेट छुट्याउन खोजिएको जनाउनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले अध्यादेशमार्फत खेलकुदको ऐनमा भएका त्रुटि सच्याइएको जनाउदै अझै पनि नियमावली र कार्यविधि बन्न नसकेको जनाउनुभयो ।  नियमावलीको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न नसके तापनि परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रियस्तरको कभर्डहलसहित प्रदेश रङ्गशालाको काम सुरु गरेको र ३० महिनामा सम्पन्न हुने उहाँले विश्वास दिलाउनुभयो ।

यसैगरी उहाँले थाइल्याण्डमा भएको एशियाको सबैभन्दा ठूलो ११० किलोमिटर लामो अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरी कर्णालीसहित नेपालको नाम उँचो राख्ने जुम्लाका चेली सुनमाया बुढालाई बधाई ज्ञापन गर्दै पुरस्कार तथा सम्मानका लागि खेलकुद परिषद्ले कर्णाली प्रदेश सरकारसमक्ष सिफारिस गर्ने जनाउनुभयो ।

उक्त अवसरमा गिनिज बुक अफ वल्र्ड रेकर्डर्स नाम लेखाएर कर्णाली तथा नेपालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल म्याराथन धावक जुम्लाका हरिबहादुर रोकायको योगदानको उच्च प्रशंसा गरिएको छ । समारोहमा मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विजयी पत्रकारको टोली र ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.