भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

ख्वपका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

ख्वपका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि कक्षा ११ अध्ययनको लागि ख्वप माविमा शैक्षिक सत्र २०७७÷७८ मा भर्ना भएका नवआगन्तुक विद्याथीको जुममार्फत स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नवआगन्तुक विद्यार्थीहरुको प्रगति र सफलताको कामना गर्दै कोरोना महामारीबीच पनि नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै अनलाइन कक्षा सञ्चालन गरिरहेको बताए ।

कलेजको अनुशासनमा बसी आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न र देशको निम्ति आवश्यक क्षमतावान नागरिक बन्नको लागि प्रेरित गर्दै ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति निरन्तर प्रयास गरिरहेको बताए । दक्ष जनशक्ति विदेशिंदा देश समृद्ध बन्न बाधक बनिरहेको भन्दै प्रमुख प्रजापतिले क्षमता भएर पनि अध्ययनबाट बञ्चित भएका गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाले ख्वप कलेजहरु सञ्चालनमा ल्याएको बताए ।

 


Thali Mobile Pvt.Ltd.