भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल

गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी एकीकृत–समाजवादी का.अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताए। अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको कार्यक्रममा उनले उत्पादनका स्रोत तथा साधनमा हुने सामूहिक नियन्त्रणले मुलुकमा समानता तथा न्यायोचित वितरण प्रणालीलाई समेट्ने बताए ।

देश विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउँदै उनले कृषि तथा पशुपालनमा लागेका कृषकलाई लाभान्वित हुने गरी आवश्यक सहुलियतका नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले विश्वपरिवेशमा विकास भएका प्रविधि यस क्षेत्रमा प्रयोग गर्न कृषक चनाखो हुनुपर्ने बताउँदै उनीहरुको जीवनस्तर सुदृढ भएमा समग्र मुलुकको अर्थतन्त्र बलियो हुने भएकाले कृषि उत्पादनलाई बजारीकरण गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा जोडदिए ।

विविधतायुक्त मुलुकमा उत्पादन हुने वस्तुलाई राष्ट्रिय उपभोगमा खपत गर्नसकेमा आयात प्रतिस्थापन हुन सक्ने उल्लेखगर्दै उनले त्यसले व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो । युवा किसान सङ्घ नेपालको नयाँ कार्य समितिका लागि सो भेला गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.