भर्खरै : Sorry, your browser does not support inline SVG.

आलु पाठशाला संचालन

आलु पाठशाला संचालन

प्युठान । झिमरुक गाउँपालिकाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

गत कात्तिक ३ गते आलु रोपण गरिसकेपछि प्रत्येक हप्ता प्रदर्शनी फार्ममा सहभागी भई आलु लगाउनुका साथै यसको संरक्षण गर्ने विषयमा ज्ञान लिएको समूहका अध्यक्ष भेषा पोखरेलले बताए।  पहिले परम्परागतरूपमा ड्याङ नपारी आलु लगाउने गरे पनि हाल ड्याङ पारेर आलु लगाउन सिकेको उनकाे भनाइ छ ।

घरमा भन्दा यहाँ आलु राम्रो भएको हुदा गाउँपालिकाले आफ्नै क्षेत्रमा तरकारी खेती सञ्चालन गरेर किसानलाई फाइदासमेत पुगेको उनले बताए। आलु पाठशाला १६ हप्तासम्म सञ्चालन गरिने कृषि शाखाले जनाएकाे छ । रासस..

 


Thali Mobile Pvt.Ltd.