काठमाडौं । सन् १९६० को प्रख्यात गायन समूह द रोनेट्सकी प्रमुख गायिका रोनी स्पेक्टरको ७८ वर्षको उमेरमा निधन भएको छ ।
बेबी आई लभ यू र वाकिंग इन द रेन जस्ता हिट गीतहरूबाट पप स्टार रोनी स्पेक्टर प्रसिद्धिमा पुगेकी थिइन् ।
क्यान्सरसँगको लडाँइकाक्रममा उनको निधन भएको परिवारले पुष्टि गरेको हो ।
सन् १९४३ मा म्यानहट्टनमा भेरोनिका येवेट बेनेटको रूपमा जन्मेकी सन् १९६४ मा १८ वर्षको उमेरमा नै प्रख्याती कमाएकी थिइन् ।
आँखामा रोसनी, फुर्तिलो मनोवृत्ति, अनुहारमा मुस्कानको साथ आफ्नो जीवन बिताएकी स्पेक्टर माया र कृतज्ञताले भरिएकी थिइन् भन्ने कुरा उनको परिवारले वक्तव्यमा उल्लेख गरेको छ ।
