भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

गैरी–बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण

गैरी–बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण

गण्डकी प्रदेश । गण्डकी प्रदेश सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा गैरी र बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । बेँसीशहर नगरपालिका–२ गैरी र वडा नं ११ चिती बरबोट जोड्ने मस्र्याङ्दी नदी माथि पुल बनेको हो । पूर्वाधार विकास कार्यालय सवइञ्जिनीयर दीपक देवकोटाले बाविरो लामा प्रगति जेभी काठमाडाँैले रु दुई करोड ३८ लाख ४३ हजारमा पुल निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । सो पुल २५६ मिटर लामो र साढे एक मिटर चौडाइ रहेको छ । पुलको गत माघ ११ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको थियो । यहाँ पुल नहुँदा गैरी र बरबोटका स्थानीय आवतजावत गर्नका लागि घुमेर नगरको वडा नं १ चिप्लेटीबाट हिँड्नुपर्ने बाध्यता थियो ।

अहिले करिब एक घण्टा समय छोटिएको स्थानीयबासीको भनाइ छ । यस पुल निर्माणले नगरको वडा नं ११ चेपाङटारमा रहेको लोपोन्मुख चेपाङ समुदायका स्थानीयसमेत लाभान्वित हुने भएको छ । उनीहरुले समेत यहाँ पुल नहुँदा चिप्लेटीमा रहेको झोलुङ्गे पुलको प्रयोग गर्दै आएका थिए । विशेष गरी वडा नं ११ का स्थानीयलाई जिल्लाको मुख्य बजार बेँसीशहर बजारमा आउन सजिलो भएको वडा नं २ का वडाध्यक्ष गणेश कँडेलले जानकारी दिनुभयो । उत्पादित वस्तु गैरी हुँदै बेँसीशहर बजारसम्म लैजानका लागि धेरै सहज हुने उहाँको भनाइ छ ।  झोलुङ्गे तथा मोटरेबल पुललगायत विभिन्न क्षेत्रको विकासमा अघि बढिरहेको प्रदेश सरकारले जनाउँदै आएको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.