घनुषामा दुईजनालाई ठक्कर दिने भारतीय चालक फरार, ट्रक प्रहरी नियन्त्रणमा

घनुषामा दुईजनालाई ठक्कर दिने भारतीय चालक फरार, ट्रक प्रहरी नियन्त्रणमा

जनकपुरधाम । धनुषामा दुई जनाको मृत्यु भएको छ । धनुषामा इन्डियन ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट धनुषाधाम नगरपालिका ९ का अन्दाजी १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठक्कर दिने ट्रक नियन्त्रणमा लिइए पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको घनुषा प्रहरीले जनाएको छ ।

ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा धनुषाधाम नगरपालिका ९ मालटोलमा २ जनाको मृत्यु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.