भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

घराम्दीमा स्वास्थ्य एकाइ

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एकाइ सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडास्तरको स्वास्थ्यचौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकटमा रहेको स्वास्थ्य एकाइमा पुग्न एक घण्टा ३० मिनेटभन्दा बढी पैदलयात्रा गर्नुपर्छ ।वडास्तरको स्वास्थ्यचौकी र छिमेकी गाउँको एकाइमा पुगेर सेवा लिन अपायक हुँदा समस्या भोग्दै आएका घराम्दीका बासिन्दालाई लक्षित गरेर स्थापना गरिएको एकाइबाट सोमबारदेखि सेवा सञ्चालन गरिएको वडाध्यक्ष माइलन पुर्जा पुनले जानकारी दिनुभयो ।

“सामान्य बिरामी हुँदा पनि घण्टाँै हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने समस्याको अन्त्य गर्न घराम्दीमा एकाइ सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “एक जना अहेवले गाउँमै बसेर सेवा दिने व्यवस्था मिलाएका छौँ ।”एकाइमा स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण, खोपलगायत स्वास्थ्यचौकीबाट प्रवाह हुने अधिकांश सुविधा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो । करिब ७० घरधुरीको बसोबास रहेको घराम्दीमा तीन सय ५० जनसङ्ख्याको बसोबास छ ।

छरिएको भूगोल भएको अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ को घराम्दी दोस्रो ठूलो बस्ती हो । घराम्दीका बासिन्दा तीर्थ फगामीले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि ज्येष्ठ नागरिक र बालबालिकालाई धेरै राहत मिलेको बताउनुभयो ।अन्नपूर्ण गाउँपालिकाको पाउद्धार, खिवाङ, घोडेपानी, टिकोटमा यसअघि नै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गमका साथै वडास्तरको स्वास्थ्य संस्थामा पुग्न घण्टौँ लाग्ने बस्तीका बासिन्दालाई सामुदायिक स्वास्थ्य एकाइबाट सेवा लिन सहज भएको छ ।

 


Thali Mobile Pvt.Ltd.