‘घुस बार्गेनिङ’ प्रकरणमा मन्त्री बाँस्कोटा बहिर्गमित

‘घुस बार्गेनिङ’ प्रकरणमा मन्त्री बाँस्कोटा बहिर्गमित image

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ‘घुस बार्गेनिङ’ का कारण मन्त्रिपरिषद्बाट बहिर्गमित भएका छन्। स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग सेक्युरिटी प्रेस खरिदमा गरेको मोलमोलाइको अडियो सार्वजनिक भएलगत्तै बाँस्कोटा सरकारबाट अलग्गिएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबारै मन्त्रालयबाट खरिद प्रकरणसम्बन्धी सम्पूर्ण कागजात जफत गरी अनुसन्धान गर्न थालेकालेको छ । अनुसन्धानले उनी कारबाहीको दायरामा पर्न सक्ने सम्भावना ह्वातै बढेको छ। बाँस्कोटामाथि लागेको आरोप सीधै सरकारतर्फ सोझिएपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा यो प्रकरणको छानबिन हुने भएको छ।

प्रेसलाई समेत मर्यादाको पाठ पढाउँदै आएका बाँस्कोटाको कर्मचारीप्रति लक्षित असभ्य अभिव्यक्तिले सरकारलाई समेत लज्जित तुल्याएको छ। प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार हुन दिन्नँ र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्दै आएका बेला बाँस्कोटाले मिश्रसँग ७० करोड रूपैयाँ कमिसन मागेको सार्वजनिक भएको हो।

अडियो संवाद सार्वजनिक भएलगत्तै उनले पदबाट राजीनामा दिएका छन्। बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामापत्र बुझाएका उनले कमिसनका लागि बार्गेनिङ गरिएको अडियो सरकार र अख्तियारले छानबिन गर्ने भएको छ।

मन्त्री बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल समेत भईसकेको छ। प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाएर फर्केपछि बाँस्कोटाले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट राजीनामा दिएको औपचारिक घोषणा गरेका थिए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत image

    रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

    रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...

  • ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन image

    ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन

    काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.  हेमराज पन्त चयन हुनुभएको...

  • टिपर सञ्चालनमा रोक image

    टिपर सञ्चालनमा रोक

    काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...

  • मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो image

    मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

    काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon