भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

चितवनमा असुरक्षित गर्भतन गराउने किशोरी धेरै

चितवनमा असुरक्षित गर्भतन गराउने किशोरी धेरै

चितवन । गर्भको अवधि १२ हप्ताभन्दा माथि भएमा सम्बन्धित कम्तीमा दुई जना विषय विशेषज्ञको राय लिनु पर्दछ । हाडनाता करणी र बलात्कारबाट रहन गएको गर्भको हकमा एक जना विषय विशेषज्ञको रायअनुसार महिलाको अनुमतिमा कानूनले तोकेको अवस्थामा मात्रै गर्भपतन गराउन सक्ने कानूनी व्यवस्था छ ।

तर चितवनमा यस्तो देखिएको छैन । गर्भपतन गराउन आउने किशोरी धेरै पाइएको छ । गत आव २०७६ ७७ मा चितवनमा पाँच हजार दुई जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए ।यसमध्ये ८७९ जना २० वर्षमुनिका छन् । यसैगरी आव २०७५र७६ मा सुरक्षित गर्भपतन गराउने ४ हजार ६३६ मध्ये ४६४ जना २० वर्षमुनिका छन् ।

यसैगरी आव २०७४र७५ मा यो सङ्ख्या चार हजार ४८१ रहेको छ । त्यसमध्ये ३४६ जना २० वर्षमुनिका थिए । विगतमा भन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको भएपनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या त्यो भन्दा ठूलो हुनसक्ने उनको आँकलन छ । सामाजिक रुपमा हेरिने दृष्टिकोण, अवैध रुपमा रहेको गर्भलगायत कारण लुकिछिपी गर्भपतन गराउने गरेको पाइन्छ ।

गर्भपतनसम्बन्धी कानूनी व्यवस्थाका बारेमा जनचेतना जगाउन सकेमा असुरक्षित गर्भपतनबाट अकालमा ज्यान गुमाउनेको सङ्ख्या निकै कमी आउने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.