भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

चितवन सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने

चितवन सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने

चितवन । चितवन जिल्लामामा ५० हजार ५ सय घरपरिवार जोखिममा रहेका छन् । बाढी पहिरोबाट चितवन जिल्लामा ५० हजार ५ सय घरपरिवार जोखिममा परेका हुन । जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्नेको विपद् व्यवस्थापन समितिको बैठकले तथ्याङ्क सार्वजनिक गरेको हो ।

बाढी र पहिरोको खतरा बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ । नारायणी र राप्ती नदीका कारण जोखिम बढेकाले जोखिम न्यूनीकरणको तयारीमा जुटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन समेत विल्ला प्रशासन कार्याmलयले निर्देशन दिइएको छ ।

बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको छ भने माडी नगरपालिकाका ४ हजार ५ सय परिवार, रत्ननगरका पाँच हजार, कालीका नगरपालिकाका १ हजार ५०, खैरहनी नगरपालिकाका ३ सय २० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था रहेको उल्लेख गरिएको छ ।

पहिरोका कारण भरतपुर महानगरपालिकाका ३ सय, कालीकाका १ सय, राप्तीका २ सय तथा इच्छाकामना गाउँपालिकाका १ सय २५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.