भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

चीनमा कोरोना संक्रमण फैलिदै, जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू

चीनमा कोरोना संक्रमण फैलिदै, जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू

काठमाडौं । चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा बनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि त्यहाँ प्रतिबन्धात्मक नियमलाई कडा बनाइएको हो । जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइए पनि अहिले ती सबै सुविधा हटाइएको छ ।

९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।  त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न निर्देशन दिएको छ । ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको अधिकारीहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.