भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनमा कोरोना संक्रमण फैलिदै, जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू

चीनमा कोरोना संक्रमण फैलिदै, जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू

काठमाडौं । चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा बनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि त्यहाँ प्रतिबन्धात्मक नियमलाई कडा बनाइएको हो । जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइए पनि अहिले ती सबै सुविधा हटाइएको छ ।

९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ ।  त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न निर्देशन दिएको छ । ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको अधिकारीहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.