एजेन्सी । युक्रेनमा शान्ति पुनर्वहालीका गर्न चीन र बेलारुसले युद्धग्रस्त आह्वान गरेका छन् । बुधबार बेइजिङमा रुसी राष्ट्रपतिका सबै भन्दा निकटका विदेशी मित्रद्वय बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तापछि युक्रेनमा शान्ति पुनर्वहालीका गर्न आह्वान गरिएको हो । चीन र बेलारुसले युद्ध अन्त्य गरी शान्ति पुनर्वहालीका लागि तत्काल काम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ। रुसको भत्सना नगरिएको र रुसी सेना युक्रेनबाट फिर्ता हुनुपर्ने किटान नगरिएको भन्दै पश्चिमा देशहरुले चिनियाँ शान्ति प्रस्तावको आलोचना गरेका छन् । चीनले अघि सारेको शान्ति प्रस्ताव सार्वजनिक गरिएको छैन । चीनका पूर्वविदेशमन्त्री वाङ यिको मस्को भ्रमण लगत्तै बेलारुसी राष्ट्रपति लुकासेन्को बेइजिङ पुगेका हुन ।

