भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चुनाव जित ‘ठूलो कुराः जापानी प्रधानमन्त्री

चुनाव जित ‘ठूलो कुराः जापानी प्रधानमन्त्री

टोकियो । लिबरल डेमोक्र्याटिक पार्टी एलडीपी का .अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो कुरा भएको बताए। कोमेटो पार्टीसँगको गठबन्धनमा एलडीपीले कुल ४६५ सिटमध्ये २९३ सिट जितेको छ भने एलडीपी एक्लैले २६१ सिट जितेको छ ।

“हाम्रो पार्टीले राजनीतिक शक्तिका लागि चुनावमा आधाभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ यो ठूलो कुरा हो। हामी यसलाई हाम्रो राजनीतिक र संसदीय नेतृत्वमा प्रयोग गर्न चाहन्छौं, एनएचके टिभीले किशिदालाई उद्धृत गर्दै उल्लेख गरेको छ । पार्टीको जितले अब तल्लो संसदीय सदनका सान्दर्भिक समितिका नयाँ अध्यक्षहरू नियुक्त गर्न र त्यसमा पार्टी आफैंले सबैभन्दा बढी सिट प्राप्त गर्ने सुनिश्चित गर्न सक्नेछ भन्ने हो, किशिदाले भन्नुभयो ।

जापानको तल्लो संसदीय सदनको निर्वाचन आइतबार सम्पन्न भएको छ । देशको प्रमुख प्रतिपक्षी दल संवैधानिक लोकतान्त्रिक पार्टीले ९६ सिट प्राप्त गरेको छ । प्रतिनिधि सभाका लागि नौ दलका एक हजार ५१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.