भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

काठमाडौँ । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८÷७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार रु १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, रु १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र रु ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा रु दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी रु एक खर्ब ३९ अर्ब थियो । हालसम्म रु २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

कम्पनी रजिष्टार कार्यालयमा अत्यावश्यक सेवा

कम्पनी रजिष्टारको कार्यालयले कर्मचारीको अभावमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न थालेको छ । आसन्न स्थानीय तह निर्वाचनमा अधिकांश कर्मचारी खटिएकाले यही वैशाख २३ गतेदेखि अत्यावश्यक परेका कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी काम मात्र सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
अत्यावश्वकबाहेक अन्य कार्य स्थानीय तह निर्वाचनपश्चात् पूर्णरुपमा सञ्चालनमा आउने उपरजिष्टार अच्युत ढुङ्गानाले जानकारी दिनुभयो । यही वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.