भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

चौतारीद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

चौतारीद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

मध्यपुरथिमी । प्रेस चौतारी नेपाल जिल्ला भक्तपुरले पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्लामा सक्रिय पत्रकार तथा सञ्चारकर्मीलाई शनिबार र आज आइतबार स्वास्थ्य सामग्री वितरण गरिएको हो । यहाँ कार्यरत ५० भन्दा बढी पत्रकारलाई चौतारी केन्द्र र मानवीय आस्था नेपाल भक्तपुरका सहयोगमा प्राप्त मास्क, स्यानिटाइजर र फेस सिल्ड वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिए ।

सो अवसरमा नेकपा एमाले भक्तपुरका जिल्ला कमिटी अध्यक्ष वचन देउजाले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकार भाइरसबाट सुरक्षित रहनु आवश्यक भएको बताउँदै पत्रकारलाई पहिला स्वास्थ्य अनि पेशा भन्ने सोचेर सुरक्षित भएर काम गर्न सल्लाह दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.