भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छैरो­मार्फा जोड्ने पक्की पुल निर्माणको काम शुरु

छैरो­मार्फा जोड्ने पक्की पुल निर्माणको काम शुरु

गण्डकी । कालीगण्डकी नदीमाथि यहाँका दुई गाउँ जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो चिमाङ गाउँ र वडा नं। २ को तल्लो मार्फा गाउँलाई जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको हो ।कोरोना महामारीबीच निर्माण कम्पनीले पुलको प्रारम्भिक काम थालेको जनाएको छ ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वधार मन्त्रालयले यो पुल निर्माण थालेको हो । मुस्ताङ जिल्लामै पहिलो ‘पाएल’ प्रविधिबाट निर्माण हुने यो पुल रु सात करोड ८० लाख २४ हजारको लागतमा सम्पन्न हुनेछ । कूल ६४ मिटर १० सेन्टिमिटर लम्बाइ र आठ मिटर ४० सेन्टिमिटर चौडाइमा निर्माण हुने पक्की पुलमा दायाँबायाँ दुबैतर्फ एक मिटर २० सेन्टिमिटर फुटपाथ निर्माण हुने पूर्वाधार विकास कार्यालय जोमसोमका कार्यालय प्रमुख विष्णु पौडेलले बताउनुभयो । पुल निर्माणको जिम्मा पाएको देवेन सायर कन्स्टक्सन प्रालि काठमाडौँले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने जनाएको छ ।

कोरोना महामारीको असर नपरे एक वर्षमा पुल निर्माण भैसक्ने गरी सम्झौता भएको इन्जिनीयर पौडेलले बताउनुभयो । यो पुल निर्माणपछि छैरो चिमाङ गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारीकरणका लागि सहज हुनेछ भने छैरो गाउँ जाने यात्रुलाई आवतजावतमा सहज हुने छ । हिउँदमा मात्रै सवारी चल्ने छैरो गाउँमा अब वर्षैभरि सवारी चल्ने घरपझोङ गाउँपालिका–१ का अध्यक्ष आइतप्रसाद थकालीले बताउनुभयो । कालीगण्डकीमा पुल नहुँदा स्थानीयवासीले वर्षाको समयमा जोखिम मोलेर यात्रा गर्नु परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.