भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जनताको पक्षमा कार्यसम्पदन गर्न सदैव तयार छौं : वडा अध्यक्ष सुवाल

जनताको पक्षमा कार्यसम्पदन गर्न सदैव तयार छौं : वडा अध्यक्ष सुवाल

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले कृषक सूचिकरण अनुसार किसानलाई चाहिने रासायनिक मल र कृषि अनुदान लिन सहज हुने बताएका छन् । गःपली टोल सुधार समितिले मंगलबार गरेको गःपलीदेखि दोकाफल्चासम्मको ढुंगा छपाई बाँकि कार्य गर्न दोश्रो उपभोक्ता समिति बनाउन स्थानीयहरुको भेलामा वडाध्यक्ष सुवालले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा वडाध्यक्ष सुवालले असार ६ गतेदेखि नगरसभा अथवा बजेट अधिवेशन सुरु हुने भएकोले आर्थिक बर्ष २०८०÷०८१ को लागि बजेट बनाउन सुझाब संकलन गरि सकेपनि आदर निकेतन, शिक्षा, स्वास्थ्य, विकास निर्माण, घरदैलो नर्सिङ सेवा लगायत नयाँ–नयाँ योजनाहरु भए लिखित सुझाबहरु दिन आग्रह गरे । राज्यले ख्वप विश्व विद्यालयको स्विकृति दिए मेडिकल कलेज खोलेर सस्तोमा डाक्टर पढाउँदा सारा जनतालाई सेवा हुने अध्यक्ष सुवालले बताए ।

भक्तपुरका साँस्कृतिक गुरुहरुलाई प्रोफेसरको शैक्षिक योग्यता र बाजागाजा, चित्रकला, कलासंस्कृतिमा भएको शीप कला अनुसारको शैक्षिक योग्यताको मान्यता दिए त्यसबाट जीवन जीउन सक्ने बताए । कार्यक्रम गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले गःपलीदेखि दोकाफल्चासम्मको बाटो सार्‍है विग्रेकोले टोल सुधार समितिको पहलमा थँथु दरवारको बजेट रकमान्तर गरी आधा बाटो मर्मत गर्न २० लाख रुपैंयाबाट काम भईरहेकाले सबै काम थप साढे ९ लाख बजेट नगरले राखिदिएकोले सोको लागि छुट्टै उपभोक्ता समिति आवश्यक भएकोले मंगलबार भेला आयोजना गरिएको जानकारी दिए ।

भेलाले संगिता शुद्धकारको अध्यक्षतमा सात सदस्यीय उपभोक्ता समिति गठन गरेको छ भने सचिवमा अष्टलक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा रेणु शिल्पकार, सदस्यहरुमा राजकुमार शाही, प्रभु हाडा, श्रीराम सुवाल, ईश्वर हाडा रहेका छन् । वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा सदस्यहरुमा कृष्णसुन्दर प्रजापति, पुरुषोतम सुजखु र लक्ष्मी कलम दुवाल अनुगमन समिति रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.