भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जनमुखी पत्रकारीतामा पत्रकार र संचारमाध्यम लाग्नु पर्छ: दाहाल

जनमुखी पत्रकारीतामा पत्रकार र संचारमाध्यम लाग्नु पर्छ: दाहाल

काठमाडौं । जागौं नेपाल मिडिया नेटवर्कले पत्रकारहरुका लागि निशुल्क तालिम संचालन गरेकाे छ । पौष १ देखि निशुल्क संचालन एक हप्ते  तालिम प्रत्यक साँझ ७ बजेबाट जुम मिटिङ्गमा भइरहेको आयोजक सस्थाले जनाएको छ ।

टिओटि तालिमको आज पहिलो दिन सामाजिक आन्दोलन र मिडिया बिषयमा फ्रीडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले प्रशिक्षित पारे । उनले सामाजिक आन्दोलनमा मिडियाको भूमिका अतुलनीय रहेको बताए ।

कार्यक्रममा दाहालले परमपरागत पत्रकारिताको अवस्था अब नरहेको भन्दै कन्टेनबेस पत्रकारीता अगाडि बढेको दावी गरे । समाजको स्वार्थ अनुसार मिडिया अगाडि बढ्नु पर्ने भन्दै शक्तिको पछि नलागेर जनमुखि पत्रकारीतामा पत्रकार र संचारमाध्यम लाग्नु पर्नेमा जोड दिए ।

सहभागिले प्रतिस्पर्धाको आधारमा खुलिरहेको भन्दै च्याउजस्तै भएका मिडियाले कता तिर वरेन्टेड गरिरहेको छ भनेर जिज्ञासा राख्दा दाहालले राज्यले मिडिया संचालनमा बन्देज लाउन नहुने, स्वतन्त्रता पूर्वक आवाज विहिनका आवाज बुलन्द गर्नु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.