टिबिलिसी । जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीले कारागारमै अनसान सुरु गर्नु भएको छ । कारागारमै कैदी जीवन विताइरहनु भएका साकाशभिलीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनशन सुरु गर्नु भएको हो । “मलाई पर्याप्त औषधी उपचार नगरिएकाले पर्याप्त औषधी उपचारको माग गर्दै मैले आजदेखि अनशन सुरु गरेको छु,” टिबिलिसी अदालतमा उहाँले सोमबार भन्नुभयो । स्वतन्त्र चिकित्सकहरूले आफूलाई पर्याप्त औषधी उपचार नपुगेको र तत्काल औषधी उपचार गर्नुपर्ने सुझाव दिएको उहाँको भनाई छ ।
जर्जियाको विपक्षी दलका नेता समेत रहनु भएका साकाशभिलीले यसअघि गतवर्ष पनि ५० दिनसम्म अनशन गर्नु भएको थियो । झण्डै पचास वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति बन्नु भएको थियो । उहाँले सन् २०१५ को मेमा युक्रेनको नागरिकता समेत लिएकोमा दुई वर्ष अगाडि युक्रेनले उहाँको नागरिकता खारेज गरिएको घोषणा गरेको थियो ।